३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

चट्याङ लागेर बैतडीमा २२ सैनिक घाइते, पाँचको अवस्था गम्भीर (घाइतेको नामसहित)

२ फागुन, बैतडी । बैतडीमा चट्याङ लागेर नेपाली सेनाका २२ जना घाइते भएका छन् । बैतडीको शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले उनीहरु घाइते भएका हुन ।

प्रहरीका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई काठमाडौँ ल्याउने तयारी भैरहेको छ । गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार १०:१९