सेयर बजारमा हरियाली छाउँदा बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
२७ भदाै, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३९.४८ अकंले बढेर २००७.०६ बिन्दुमा बन्द भएको छ । बुधबार २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार हरियाली छाउँदा एनआईसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे ७ करोड ९३ लाख २५ हजार रुपैँया बराबरको कारोबार भएको हाे । त्यस्तै, सोल्टी होटलको ६ करोड ७० लाख ८३ हजार रुपैयाँ, एभरेष्ट बैंकको ६ करोड ३८ लाख ३१ हजार रुपैयाँ, शिवम् सिमेन्टको ५ करोड ७२ लाख २६ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८८ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १५:२०












