३९.४८ अकंले बढ्याे सेयर बजार, दुई कम्पनीको मूल्यमा सकरात्मक सर्किट
२७ भदाै, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३९.४८ अकंले बढेर २००७.०६ बिन्दुमा बन्द भएको छ । बुधबार २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेकाे छ । यस दिन बरुण हाइड्रोपावर र शुभम् पावरको सेयरमा सकरात्मक सर्किट लाएको हाे । आज एनआईसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे ७ करोड ९३ लाख २५ हजार रुपैँया बराबरको कारोबार भएको हाे ।
प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १५:१४












