१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

प्रधानमन्त्री केपी शर्मा अोलीको स्वास्थ्य सामान्य, अाजै डिस्चार्ज हुँदै

१६ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा अोलीको स्वास्थ्य समान्य बनेको छ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बनेको त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरले जनाएको छ ।

सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले अाज शुक्रबार १० बजे जारी गरेको विज्ञप्तिमा अोली समान्य बनेको बताएका छन । उनले अोलीको अाज बिहान परीक्षण गरिएका सबै रिपोर्टहरू समान्य रहेको बताएका छन । अोलीलार्इ अस्पतालले अाजै निवास पठाउने सम्भावना रहेको छ । दैनिकीले प्रधानमन्त्री अोलीका प्रेस संयोजक चेतन अधिकारीलार्इ जिज्ञासा राख्दा उनले चिकित्सकहरूले दिउँसो २ बजे निर्णय दिने बताएको जानकारी दिए ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार अोली अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोलीले उपचार गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ११:३७