एलआइसी नेपालले सेयरधनीलाई लाभांश वितरण नगर्ने
२६ भदाै, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको भदौ २३ गते बसेको संचालक समिति बैठकले सो निर्णय गरेको हो । साथै, बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहलगायत विवरणहरु माथि छलफल गरी स्वीकृतिको लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ११:४३












