२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

२६ भदौ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । सांसद यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

४४ वर्षीया सांसद यादव दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।

आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए ।

यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ११:१७