प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा
२६ भदाै, काठमाडाैं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’को लाभांश घोषणा गरिएको छ। सोमबार बसेकाे योजना व्यवस्थापक प्रभु क्यापिटलको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा गरेको हो।
फण्डले इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरणार्थ बुक क्लोजको मिति भने निकट भविष्यमा तय गरिने क्यापिलले जनाएको छ।
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १०:३४












