१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


३० फागुन, चितवन । चितवनको रत्ननगर नगरपालिकामा घाँस काट्न गएकी स्थानीय महिलाको जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

सौराहा नजिकै रहेको खोरसोरस्थित मध्यवर्ती क्षेत्रमा ५० वर्षीया पन्वीमायाँ थारुको निकुञ्जबाट निस्किएको जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीसँगै घाँस काट्न गएका अन्य महिला भने भाग्न सफल भएका थिए ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएपनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत नआएको भन्दै स्थानीयवासीले शव उठाउन दिएका छैनन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १९:१८