साल्ट ट्रेडिङसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति भयो कारोबार ?
२५ भदाै, काठमाडौं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार बढ्दा साल्ट ट्रेडिङ कर्पोरेशनको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६ करोड २५ लाख ५२ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ५ करोड ७१ लाख १५ हजार रुपैयाँ, सोल्टी होटलको ५ करोड २४ लाख १८ हजार रुपैयाँ, चिलिमे हाइड्रोपावरको ५ करोड २३ लाख ८० हजार रुपैयाँ र शिवम् सिमेन्टको ४ करोड ९७ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १५:१९












