१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

४४.३० अंकले बढ्याे सेयर बजार, चार कम्पनीको मूल्यमा उच्च वृद्धि

२५ भदाै, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीकाे सेयर मूल्यमा उच्च वृद्धि भएको हाे । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का कलगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज साल्ट ट्रेडिङ कर्पोरेशनको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १५:१२