१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

बलेफी हाइड्रोपावरले बाेलायाे वार्षिक साधारणसभा, हकप्रद जारी गर्ने मुख्य एजेण्डा

२५ भदाै, काठमाडाैं । बलेफी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक बाेलाएकाे हाे । कम्पनीकाे सञ्चालक समितिको बैठकले दसौँ र एघारौँ वार्षिक साधारणसभा असोज १८ गते काठमाडाैंकाे नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजे बाेलाएकाे छ ।

सभाले कम्पनीको पुँजी वृद्धिका लागि १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने, आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सञ्चालक समितिको पुनर्गठन तथा साधारणरण र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले  असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागि हुन पाउनेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १०:२४