१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

भ्रष्टाचार विरुद्धको अभियान जनताले गरेको त्याग र बलिदानीको निरन्तरताः प्रधानमन्त्री प्रचण्ड

२४ भदाै, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र व्यथितिकाविरुद्ध सरकाले चलाएको अभियान लामो समयदेखि परिर्वतनका लागि जनताले गरेको त्याग र बलिदानीको निरन्तरता भएको बताएका छन् । आइतबार मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकाले थालेको अभियानलाई साथ दिने कुरा जनताको परिर्वतनको आन्दोलन र बलिदानीलाई साथ दिने कुरा भएको बताए ।

प्रधानमन्त्रीले भने -‘सरकाले एउटा नयाँ आन्दोलन, नयाँ अभियान भ्रष्टाचारविरुद्ध समाजिक न्याय र समृद्धिको पक्षमा अभियान शुरु गरेको छ । जसमा जनता,सत्ता गठबन्धन र समाजवादी मोर्चाका नेताले साथ दिनुभएको छ । सरकाले भ्रष्टाचारविरुद्ध गरेको काममा साथ दिने कुरा प्रधानमन्त्रीलाई साथ दिने कुरा मात्रै नभएर यो परिर्वतनप्रति जनताले गरेको त्याग र बलिदानीको सम्मान गर्ने कि नगर्ने भन्नेसँग सम्बन्धित छ ।’

आफु अहिले पार्टीको अध्यक्ष मात्रै नभएर देशको प्रधानमन्त्री पनि भएको नाताले निकै भ्रष्टाचार र व्यथिति विरुद्ध जनताको पक्षमा अभियान चलाउँन पाउँदा खुसी लागेको बताए । यद्यपी आफु सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेकाहरू भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले भने-‘भ्रष्टाचारविरुद्धबाट एकथरी मान्छेहरु खुसी छैनन् । जो सात्तामा हुँदा अनियमिता र व्यथितिमा रमेका थिए ती मान्छे को अभियानदेखि अत्तालिएका छन् । मैले यो अभियान सुरु गरे लगत्तै शान्ति सम्झौता विपरित प्रधानमन्त्री कार्यकारी प्रमुखविरुद्ध पटकपट मुद्धा हाल्ने गरेका छन् ।यो परिर्वत कसरी उल्टाउन सकिन्छ भनेर लागेका छन् ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि ‘निरंकुश राजनीतिक दलालले खुकुरी हानेको’ घटनाबाट सबै सचेत हुनुपर्ने बताए ।उनले भने-‘निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हानेको घटना सामान्य होइन । यसबाट तपाईं–हामी सचेत हुनैपर्छ,’

समाजवादी मोर्चाको सभा बागमति प्रदेशसम्म आइपुग्दा समाजवादी मोर्चाको कार्यक्रम देशैभरी एउटा नयाँ तरङ्ग आएको उनले बताए । समाजवादी मोर्चाको ऐतिहासिक महत्त्व रहेको बताउँनुहुँदै समाजवादी गणतन्त्रसम्म देशलाई पुर्याउन समाजवादी मोर्चाले नेतृत्व गर्ने दाइत्व रहेको बताए ।

प्रधानमन्त्रीले भने -‘यो समावजादी मोर्चा गठन गर्नुको रणनितिक महत्व छ समाजवादी मोर्चाको ऐतिहासिक, रणनीतिक महत्त्व छ । जनताको गणतन्त्र बनाउने दायित्व हाम्रो काँधमा छ,यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउँन कम्युनिष्टहरु एकजुट हुन आवश्यक छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १७:१२