२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

महालक्ष्मी विकास बैंकद्वारा लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

२४ भदाै, काठमाडौं । महालक्ष्मी विकास बैंकले एक जनालाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले काठमाडौंमा रहेको नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा नौंमा अध्यनरत छात्र सन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरिएको हो । अध्ययनमा उत्कृष्ट रहेका उनी पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले अध्ययनमा सहयोग पुर्याउन पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ । विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

प्रकाशित मिति : 17:03