१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

आज हिमाल दोलखासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२४ भदाै, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको छ । आइतबार २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५६ लाख १९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्र्रे बैंकको ४ करोड २५ लाख ९० हजार रुपैयाँ, शिवम् सिमेन्टको ४ करोड ४ लाख ९० हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ९३ लाख ३१ हजार रुपैयाँ र सोल्टी होटलको ३ करोड ४७ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १५:२४