१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

दोहोरो अकंले बढ्याे नेप्से, चार कम्पनीकाे सेयर मूल्यमा सकरात्मक सर्किट

२४ भदाै, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १०.२३ अंकले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको छ । आइतबार २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज चार कम्पनीकाे सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । यस दिन सूर्याेदय वाेमी लघुवित्त, शुवम् पावर लिमिटेड,न्यादी हाइड्रोपावर र  मेन्छियम हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेकाे हाे । यस दिन हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीकाे ८ करोड ५६ लाख १९ हजार रुपैया बराबरको कारोबार भएको छ । आज हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १५:१८