१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

नेपाल रिपब्लिक मिडियाको नाफा १३ लाख २४ हजार, प्रतिसेयर आम्दानी कति ?

२४ भदाै, काठमाडाैं । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्ममा १३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले ४ करोड ८२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २८.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २० करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको बिक्री लागत ८ करोड ५१ लाख ५४ हजार रुपैयाँबाट घटेर ८ करोड ३९ लाख २७ हजार रुपैयाँ रहेको छ । बिक्री वितरण खर्च २ करोड ८० लाख ६७ हजार रुपैयाँबाट घटेर २ करोड १७ लाख ९० हजार रहेको छ ।

कम्पनीको समीक्षा अवधिमा सञ्चालन मुनाफा १७७..०३ प्रतिशतले बढेर ७ करोड १५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा २ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीकाे चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस १०.४६ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १४:०७