सानिमा इक्विटी फण्डको लाभांश घोषणा
२४ भदाै, काठमाडाैं । सानिमा म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि यो म्युचुअल फन्डले लाभांश घोषणा गरेको हाे।
योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई करसहित १८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे । योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्ने भएको हो । नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।
प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १०:२८












