महिलालाई शिक्षा र समानताको न्याय आवश्यक छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
२३ भदाै, काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् ।
भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औं वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “शिक्षित हुन वा अशिक्षित प्रत्येक घरका आमा विश्वविद्यालय हुन् । त्यसको लाभ परिवारले मात्र होइन, सम्पूर्ण राष्ट्रले प्राप्त गर्छ ।”
शिक्षाविना स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागिता र जीवनका सम्पूर्ण आयाममा पहुँच हुन नसक्ने उल्लेख गर्दै उनले राज्यका सबै फाँटमा उल्लेखनीय नेतृत्व दायी भूमिका आवश्यक रहेको विचार व्यक्त गरे।
प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १३:४४