१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

कांग्रेस केन्द्रीय सदस्य हारेका अञ्जनीकुमार झा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त

२० भदौ, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शर्मानक हार व्यहोरेका प्रा डा अञ्जनीकुमार झा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएका छन । बिहीबारको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरको हो । कांग्रेसको १४औं महाधिवेशनमा मधेसी खुलातर्फ चुनाव लडेका झा पराजित भएका थिए । २५२२ देखि १९५९ मत ल्याउनेहरू विजयी भएको उक्त कोटामा झाले ८०३ मत प्राप्त गरेका थिए ।

झा ४ वर्षका लागि उपाध्यक्षमा नियुक्त भएका हुन । सरकाले गठन गरेको सिफारिस समितिले निवर्तमान उपाध्यक्ष डा श्रीकृष्ण गिरीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पूर्व स्वास्थ्यसचिव डा प्रवीण मिश्र र डा झा रहेका थिए । झा कांग्रेसमा चुनाव हारे पनि यसअघि कांग्रेसको भ्रातृ संस्थाको उपमा पाएको चिकित्सक संघको निर्वाचित अध्यक्ष हुन । त्यस्तै उनी स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिव समेत रहेका थिए ।

झाले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट काम नै नगरी मासिक तलब खाँदै आएका थिए । उनी अस्पतालको रेडियशन अंकोलोजी बिभागका प्रमुख हुँदा काठमाडाैँमा बसेर अन्य धन्दा चलाउँथे तर अस्पतालमा कामै नगरी तलक खाने गरेका थिए । उनले त्यतीखेर कामै नगरी अस्पतालबाट मासिक ८८ हजार ३ सय ९७ र भत्ता २० हजार गरी कुल १ लाख ८ हजार ३ सय ९७ रुपैयाँ मासिक बुझ्दै आएका थिए ।

झाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताबाट तलब खाँदै  भक्तपुरमा काठमाडौं क्यान्सर सेन्टर (केसीसी) नामको निजी क्लिनिक चलाएपछि चर्को आलोचना भएको थियो । यद्यपी कांग्रेसको संरक्षणमा उनको ती सबै धन्दाहरू बैध भएका थिए अर्थात उनी माथि कसैले कारबाहीको हिम्मत गर्न सकेको थिएन । कांग्रेसकाे संरक्षणमा धन्दा चलाउने झाले आयोगको भूमिकामा न्याय गर्न सक्लान कि नसक्लान त्यो भने प्रतिक्षाको विषय बनेको छ । यसअघि नेपाली कांग्रेसकै कोटामा केन्द्रीय सदस्य हारेका कुमार रेग्मी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार २१:१४