८ माघ २०८१, मंगलवार | Wed Jan 22 2025

नेपालकै झल्को दिने एडिलेडमा कृष्ण जन्माअष्टमी (फोटोफिचर)

२१ भदाै,एडिलेड नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा गत वर्षहरुमा झै भगवान श्रीकृष्णको जन्मोत्सव भव्य रुपमा सम्पन्नभएको

स्थानिय एस्टपार्क स्थित एल्डर एसोशियसनको हलको हलमा आयोजित कार्यक्रम नौ सय भन्दा बढि भक्तजनहरुको उपस्थिति रहेकोअनुमान गरिएको थियो

भगवान श्रीकृष्णको जन्मोत्सवले समुहले २०१८ देखि मनाउदै आएको बुधवारको कार्यक्रममा हिन्दु वैदिक विधीद्धारा जग्गेको निमार्णगरि भगवान श्रीकृष्णको पुजा गरिएको थियो नेपालबाट आउनु भएका अभिभावकहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा ब्रतालुहरुलाई नेपाल संस्कृत विश्वविद्यालयबाट शास्त्री तहको अध्ययन गरेका शास्त्री संभब सुवेदी (मुरारी) ज्योतिष प्रकाश गैर्हेलेपुजा तथा आरती गराएका थिए

ज्ञानयोग, कर्मयोग भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोमानिन्छ सोहि तिथिलाई श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमाश्रीकृष्णको जन्म भएको धार्मिक विश्वास कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएकोथियो

पछिल्लो समयमा नेपाली समुदायको उल्लेख्य संख्या बढ्दै गएको एडिलेडमा परम्परागत जग्गे निर्माण गरेर गरिएको भगवान श्रीकृष्णकोपुजा तथा आरतीको माहोलले नेपालमय बनाएको थियो संस्थाका कार्यवाहक अध्यक्ष सुरेन्द्र रेग्मीले प्रवासमा नेपाली संस्कृति संस्कार पर्वहरुको जगेर्ना गर्न समुहले कृष्ण जन्माअष्टमी शिव रात्रीलाई सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर मनाउदै आएको बताए उनले समुहले २०१८ बाट कृष्ण जन्माअष्टमी मनाउदै आएको बताउदै यस बर्ष उल्लेखनीय रुपमा नेपालबाट अभिभावकहरु पनि आउनुभएकाले कार्यक्रम भव्य भएको बताए रेग्मीले लामो समय देखी मुलुक परिवार भन्दा बाहिर भएको नेपाली समुदायलाई  सास्कृतिकरुपमा जोडन समेत सहयोग पुगेको बताए

नेपाली संगित क्षेत्रमा प्रवासबाटै धेरै राम्रो योगदान गरेर चर्चामा रहेका संगितकर्मी क्षितिज सापकोटा सहितका कलाकारहरुको भजनलेकार्यक्रम स्थल भक्तिमय भएको थियो कार्यक्रममा उल्लेखनीय रुपमा अभिभावकहरु संग बालबालिकाहरुको उपस्थिति रहेको थियो धेरै सहभागीका तिन पुस्ताको उपस्थित पनि विगत वर्षमा झै रोचक थियो

अष्ट्रेलिया भ्रमणमा रहेकी निरा आचार्यले यति धेरै नेपाली नेपाली देख्दा गाउघरकै याद आएको बताइन उनले भजन कृतन ब्राह्मणबाट बैदिक मन्त्र उच्चारणको सुन्दा मन शान्त आध्यात्मिक भएको बताईन अर्का अभिभावक कृष्ण शर्मा  विदेशी भुमीमा युवा पंडितबाट संस्कृतका शव्दहरु बाचन सहितगराएको पुजा पाठले नेपालका शहरी भेगमा भन्दा यहा व्यवस्थित राम्रो आफुले पाएको बताए

कार्यक्रममा स्वयंसेवकहरुले तयार गरेको नेपाली परम्परा झल्कने हलुवा, पुरी, तरकारी, अचार , चिया सहितको प्रसाद वितरण गरएकोथियो समुहले औपचारिक सौजन्यकर्ताहरुको सहयोग बेगर स्वतस्फुर्त रुपमा दिने दान सदस्यहरुबाट उठेको सहयोग रकमबाट यस्ताकार्यक्रम गर्दै आएको

समुहका सचिव आर के शर्माले कार्यक्रम प्रवासमा हुर्केको नयाँ पुस्तालाई नेपाली धर्म संस्कृति संस्कारबारेमा जानकारी दिन समेतआयोजना गरिएको बताए उनले प्रवासमा धर्म संस्कृति संस्कार पुस्तान्तरण गर्नु महत्वपुर्ण कार्य भएकाले यस्ता कार्यक्रम प्रवासीनेपालीको भविष्यका लागि पनि जरुरी भएको बताए

कार्यक्रम संयोजक यदु आचार्यले नेपालीहरुको धर्म संस्कृति प्रतिको आस्था जहा भए पनि प्रस्फुटित हुने भनाईलाई भक्तजनकोउपस्थितिले देखाएको बताए संयोजक आचार्यले कार्यक्रम सफल बनाउन उपस्थिति भक्तजन, स्वयंसेवक तथा सहयोगीहरुमा आभारव्यक्त गरे

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १७:११