१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२१ भदाै, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८.९२ अकंले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा लिब्रेटी लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीको यस दिन ६ करोड १५ लाख ४१ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ४ करोड १ लाख ९८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ७७ लाख ८१ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड १४ लाख ८१ हजार रुपैयाँ र सिद्धार्थ बैंकको ३ करोड १४ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:२०