नेप्सेमा १ करोड २० लाख कित्ता सेयर सूचिकृत
२१ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ७५ प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:०७












