यस्ता छन् गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बोर्डले गर्नुपर्ने काम
२१ भदाै, काठमाडौं । गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन नेपाल धितोपत्र बोर्डले विभिन्न ७ विषयमा सहजीकरण गर्नुपर्ने देखिएको छ । बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समिति यस्तो सुझाव दिएको हो ।
धितोपत्र बोर्डले गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रकृयामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने र गैर आवासीय नेपालीले खरिद गर्न सक्ने-लगानी गर्न पाउने धितोपत्र/क्षेत्र/संख्या/लगानीको सीमा रकम-अवधि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने उल्लेख छ।
यस्ता छन् नेपाल धितोपत्र बोर्डबाट हुनु पर्ने व्यवस्थाहरु:
१. गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रकृयामा डिजिटल माध्यमबाट समेत खाता खोल्न सकिने व्यवस्था लागू गर्ने । यसका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावलीमा देहाय अनुसारको प्रावधान थप-शंसोधन गनुपर्ने ।
निक्षेप सदस्यहरुलेगैर आवासीय नेपालीहरुको डिम्याट खाता खोल्दा नेपाल सरकारले जारी गरेको गैर आवासीय परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान गरी खाता खोल्न तथा खाता अद्यावधिक गर्न सक्ने व्यवस्था गर्नुपर्ने ।
२. गैर आवासीय नेपालीलाई धितोपत्र दलालकोमा ट्रेडिङ्ग खाता खोल्न, ग्राहक पहिचानलाई सरलीकरण गरी प्रविधि प्रयोग गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ देहाय अनुसारको प्रावधान थप गनुपर्ने ।
धितोपत्र दलालले गैर आवासीय नेपालीको कारोबार गर्नु अघि ग्राहकको ट्रेडिङ्ग खाता खोल्दा तथा ग्राहक पहिचान विवरण राख्दा गैर आवासी नेपालीको परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट गर्न सक्नेछ । साथै त्यस्तो विवरण तोकिएको समय अन्तरालमा विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सम्पूर्ण जिम्मा धितोपत्र दलालले गर्ने ।
३. धितोपत्र दलालले सेवा प्रदान गर्दा अपनाउनुपर्ने उपाय र सेवालाई सरलीकरण गर्ने देहाय अनुसारको व्यवस्था गर्नुपर्ने ।
धितोपत्रको दोस्रो बजारमा गरिने कारोबारका लागी खोलिएको बैंक खाता, डिम्याट खाता र धितोपत्र दलाल संग खोलेको खाता एक आपसमा आवद्ध हुनु पर्ने।
गैर आवासीय नेपालीले कारोबार गरेको धितोपत्रको राफसाफ तथा फछ्यौट गरी प्रचलित कर एवं शुल्क कमिशनहरु भुक्तान गरी ग्राहकको बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा गरिदिने ।
४. गैर आवासीय नेपालीले खरिद गर्न सक्ने-लगानी गर्न पाउने धितोपत्र-क्षेत्र-संख्या-लगानीको सीमा रकम-अवधि तथा रकम फिर्ता लाने प्रकृया, सूचीकृत संगठित संस्थाको बार्षिक साधारण सभामा मतदान गर्ने तथा संचालक समितिमा भाग लिने सम्बन्धी व्यवस्था, सम्पती हस्तान्तरण-अपुताली सम्बन्धी व्यवस्थाका आदि सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने ।
५. गैर आवासीय नेपालीका लागि धितोपत्रको दोस्रो बजारमा परिवर्तनीय बैंक खाता खोली कारोबारका लागि सहजीकरण गर्न (विदेशी तथा स्वदेशी मुद्रामा खाता खोल्ने) धितोपत्र बोर्डको अनुरोधमा नेपाल राष्ट्र बैंकबाट इच्छुक वाणिज्य बैंकहरुलाई गैर आवासीय नेपालीको लागि नेपालको दोस्रो बजारमा कारोबारका लागि सहजीकरण गर्न संरक्षक सदस्य बैंकको अनुमतिको व्यवस्था गर्नु पर्ने ।
६. संरक्षक सदस्य बैंकले गैरआवासीय नेपाली ग्राहकको तर्फबाट डिम्याट (म्झबत) खाता खोल्ने, धितोपत्र दलालकोमा ग्राहकको तर्फबाट कारोबार खाता खोलिदिने, ग्राहकको तर्फबाट विद्युतीय निर्देशन पुर्जी जारी गर्न सक्ने सम्बन्धमा धितोपत्र बोर्डलेसदस्य बैंकको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाउने । सदस्य बैंकले शुल्क लिई गैर आवासीय नेपालीसंग सम्झौता गरी यी सेवा प्रदान गर्न सक्ने।
७. संरक्षक सदस्य बैंकले गैर आवासीय नेपाली ग्राहकको कारोबारको प्रतिवेदन नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डलाई तोकिएकोसमयभित्र गराउनुपर्ने व्यवस्था मिलाउने ।
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १४:३८












