२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माओवादी क्लबमा परिणत भएको भन्दै नमुना पाण्डे एमालेमा, ओलीले निवासमै गरे स्वागत

२० भदौ, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रकी नेतृ नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गरिकी छिन । माओवादी हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य पाण्डे एमाले प्रवेश गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

पाण्डेलाई ओलीले निवासमै बोलाएर एमालेमा स्वागत गरे । माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरेको र यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेले बताइन । उनले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको बताएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा एमालेका नेताहरू देवी ज्ञवाली, महेश बर्ताैला लगायत पनि ओलीले निवास पुगेका थिए । तस्बिरः ओलीको सचिवालय

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १७:१२