१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

नेप्से आज बन्द, सेयर कारोबार नहुने

२० भदाै, काठमाडाैं । आज सेयर बजार बन्द हुने भएकाे छ । सरकारले आज भदौ २० गते बुधबार श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द रहने भएको हाे ।

सार्वजनिक बिदाका दिन सार्वजनिक संघ–संस्था तथा निजी कार्यालयहरु पनि बन्द रहने भएकोले नेप्से पनि आज बन्द हसने भएकाे हाे । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।

मंगलबार सेयर बजार ६.४५ अंकले घटेर १९६१.३७ को विन्दुमा बन्द भएको थियो। अब भोलि बिहीबार सोही विन्दुबाट सेयर बजार खुल्नेछ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०९:२४