२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

प्रदेश ३ सरकारले हेटौंडा-काठमाडौं सडकमा आउजाउ गर्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्याे

१५ कात्तिक, हेटौंडा । प्रदेश ३ सरकारले हेटौंडा-काठमाडौं सडकमा आउजाउ गर्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेकाे छ ।  सबै सवारीसाधनहरु कुलेखानी-फाखेल-फर्पिङ सडकवाटमात्र हेटौडा-काठमाण्डौ आउजाउ गरेकाले प्रदेश सरकारले जोरबिजोर प्रणाली लागू गरिएको हो ।

सवारीसाधनहरु फाखेल-फर्पिङको मात्र सडक प्रयोग गरेकाले जोरविजोर प्रणाली लागू गरेको प्रदेश-३ का मुख्यसचिव आनन्दराज ढकालले बताए । ‘एउटा मात्र मोटरबाटो प्रयोगमा आउँदा सवारीसाधनको अत्यधिक चाप परेकाले फाखेल-फर्पिङ र सिस्नेरी-दक्षिणकालीको मोटरबाटो गरी दुवै प्रयोगमा ल्याउन जोरबिजोर प्रणाली लागू गरेकाे ढकालले बताए  ।

प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भएको वैठकले जोरविजोर प्रणालीलाई कात्तिक १६ गतेदेखि कडाइको साथ लागू गर्ने निर्णय गरेको छ । गत महिनादेखि नै प्रणाली लागू गर्ने निर्णय भएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १४:४१