१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

१९ भदाै, काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६.४५ अकंले घटेर १९.६१ बिन्दुमा बन्द भएको छ । मंगलबार २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेच हुदाँ ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयरको सर्वाधिक काराेबार भएकाे छ । आज कम्पनीको ७ करोड ५८ लाख ९७ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनको २ करोड ९५ लाख ८५ हजार रुपैयाँ , आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाख ४१ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको २ करोड ८० लाख ४५ हजार रुपैयाँ र एभरेष्ट बैंकको २ करोड ३६ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १५:२८