१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

 गणपुरक संख्या नपुगेर चिकित्सा शिक्षा विधेयकमा छलफल हुन सकेन

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न भनेर बोलाइएको शिक्षा स्वास्थ्य उपसमितिको बैठक गणपुरक संख्या  नपुगेर आगामी मंसिर २ गतेसम्मकालागि स्थगित भएको छ । अाज बिहान उपसमितिको बैठक बोलाइएको थियो, पर्याप्त सदस्यहरु उपस्थित नभएपछि मूल समितिको बैठक पनि मंसिर २ गते नै बस्ने तय गरी बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ ।

बुधबार मात्रै मूल समितिले चिकित्सा शिक्षा विधेयक जतिसक्दो छिटो टुंगोमा पुर्‍याउने निर्णय गर्दै उपसमितिलाई छिटो रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । उपसमिति संयोजक खगराज अधिकारीले पनि बिहीबारदेखि सीधै बिधेयकमा छलफल सुरु हुने बताएका थिए ।यसअघि उपसमितिले विभिन्न सरोकारवालाहरुसँग छलफल गरेको थियो । सरोकारवालाहरुको रायसहित विधेयकम संशोधन दर्ता गर्ने र सांसदहरुसँग छलफल गरी विवाद टुंगोमा पुर्‍याउने अधिकारीले बताएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार १२:३४