१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

नेप्सेमा ७.०४ अंकको सुधार, दुई कम्पनीकाे सेयर मूल्यमा सकरात्मक सर्किट

१८ भदाै, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा सामान्य अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.०४ अकंले बढेर १९६७.८३ बिन्दुमा बन्द भएको छ । सोमबार २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैयाँकाे काराेबार भएकाे छ ।

आज थ्रि स्टार हाईड्रोपावर, डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १५:१७