८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी भीम सार्की, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दिप लामिछाने र ललितनारायण राजवंशी छन् ।

त्यस्तै भारतको प्लेइङ ११ मा कप्तान रोहित शर्मासहित शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, हार्दिक पान्ड्या, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १५:०६