१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

माथिल्लो तामाकोशीको सेयर आजदेखि सर्वसाधारणका लागि खुला

१५ कात्तिक, काठमाडौँ ।आजदेखि माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि  खुला भएको छ । माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो ।

सर्वसाधारणका लागि माथिल्लो तामाकोशीले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर निष्काशन खुला गरेको हो । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीको विवरणपत्र नागरिक लगानीकोष नयाँ बानेश्वर र सनराइज क्यापिटल लिमिटेडबाट हेर्न सकिनेछ । आवेदन फारम भने सि-आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदन दिने समय कात्तिक १९ गतेसम्म रहेकाे छ ।

ताेकिएकाे  समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप हुनेछ । माथिल्लो तामाकोशीले यस अघि दुई चरणमा सेयर निष्काशन गरिसकेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहीबार ११:१६