१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राष्ट्रपतिले लिइन सपथ, सपथमा संवैधानिक प्रश्न

३० फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छिन । उनले पदमुक्त भएका प्रधान्यायाधीश गोपाल पराजुलीसँग सपथ लिएकी हुन ।

गत साउन २१ गते नै पदमुक्त भएका पराजुलीसँग भण्डारीले सपथ लिएपछि संवैधानिक प्रश्न उब्जिएको छ । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो ।

जसका कारण संवैधानिक प्रश्न झनै पेचिलो बनेको छ । पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको न्यायपरिषदको पत्रमा स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १८:०७