६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

निरन्तर बढ्दै सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

१८ भदाै, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतिताेला १ लाख १३ हजार रुपैयाँ र तेजावी सुन प्रतिताेला १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन आइतबार सुनकाे मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ११:४३