एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१८ भदाै, काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले नगद लाभांश वितरणका लागि भोली भदौ १९ गते मंगलबार बुक क्लोज गर्ने भएको छ ।
यसको अर्थ आजसम्म कायम इकाइधनीले लाभांश हात पार्न सक्नेछन् ।कम्पनीले इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ११:३०












