५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आइएमई पेमा शाइन रेसुङ्गाको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

१७ भदाै, काठमाडाैं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने सुविधा सुरु भएको छ ।

विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यकासाथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ ।

सो सम्झौताअन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १७:१३