१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

डिम्याट खाता नवीकरण नगरी आईपीओ भर्न बन्द, खुलेन ‘मेरो सेयर’

१७ भदाै, काठमाडाैं । डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ आज भदौ १७ गतेदेखि नचल्ने भएको छ।  सीडीएससी एन्ड क्लियरिङले गत साउन १६ गते एक सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको थियो। सिडीएससीले लामो समयदेखि लगानीकर्तालाई भदौ १५ गतेसम्म अनिवार्य रुपमा डिम्याट खाता नवीकरण गर्न भनेको थियो । तर उक्त अवधिमा डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले सेयरमा आवेदन दिन नपाउने भएका छन् ।

सीडीएससीले आजबाट डिम्याट नवीकरण नगरेका लगानीकर्ताको ‘मेरो सेयर’ नखुल्ने बनाएको छ। डिम्याट खाता नवीकरण नगरेका सेयरधनीहरुको हकमा ‘मेरो सेयर’ खोल्न खोज्दा ‘योर डिम्याट अकाउन्ट ह्याज बिन एक्सपायर्ड, रिन्यु योर डिम्याट अकाउन्ट भाय अनलाइन पेमेन्ट अर भिजिट योर डीपी’ भन्ने सन्देश देखाउन थालेको छ ।

अब सेयरमा आवेदन दिनका लागि लगानीकर्ताहरुले डिम्याट खाता नवीकरण गर्नुपर्ने छ । लगानीकर्ताहरुले डिम्याट खाता नवीकरण गरेपछि मात्रै साधारण सेयर, हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १४:२६