३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

२० अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल सोमबार

१७ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल असोज १६ गते परिपक्व हुनेछ । ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँकाे ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल मंसिर १९ गते परिपक्व हुनेछ । बैंकले १८२ दिनका लागि ७ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल फागुन २२ गते परिपक्व हुनेछ । साथै, बैंकले ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। याे ट्रेजरी बिल २०८१ भदौ १८ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १३:००