१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

बालेन दम्पत्तीलाई पुत्री लाभ, अस्पताल हिँडेको गाडी रोकिएपछि रिसाएका थिए बालेन

१७ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन दम्पत्तीलाई पुत्री लाभ भएको छ । बालेन पत्नी सविना काफ्लेले छोरीलाई जन्मदिएकी उनको सचिवालयले पुष्टि गरेको छ । अस्पताल हिडेँको अवस्थामा प्रहरीले शनिबार राति सडकमा करिब तीन मिनेट गाडी रोकेर केरकार गरेको विषयमा मेयर शाहले उसअघि उत्तेजक टिप्पणी गरेका थिए ।

बालेनको परिवार स्रोतले तिनकुने गैरीगाउँको घरबाट ललितपुरको मेडिसटी अस्पताल जाँदै गर्दा प्रहरीले कोटेश्वर चोकमा गाडी रोकेर चेकजाँच गरेको बताएको थियो । साथै उनको परिवारका अनुसार सविनाले मेडिसिटी अस्पतालमा छोरी जन्माएकी थिइन । यद्यपी अस्पताल स्रोतले उनको केही दिनअघि नै बच्चा जन्मिएको पत्नी सविना डिस्चार्ज भैसकेको जनाएको छ । बालेनको छोरी भने अस्पतालमै उपचाररत रहेको बुझिएको छ ।

प्रहरीले भने बालेनको पत्नी सवार गाडी बालकुमारीबाट तिनकुने गैरीगाउँतर्फ गैरहेको अवस्थामा कोटेश्वर चोकमा चेकजाँचमा परेको बताएको छ । अस्पताल हिँडेको गाडी रोकिएपछि रिसाएका बालेनले सरकारलाई चोर भन्दै सिंहदरबारमै आगो लगाइदिने चेतावनी दिएका थिए । उनको उक्त टिप्पणीको आशय नबुझेकाहरूले भने मेयरको पदमा बसेका बालेनको असुहाउँदो टिप्पणी भन्दै बिरोध गरिरहेका छन । त्यस्तै उनको बारेमा जानेकाहरूले यथार्थ यस्तो थियो भन्दै टिप्पणी सार्वजनिक गरिरहेका छन । शनिबार राति अस्पताल हिँडेको सरकारी नम्बर प्लेटको बालेनको श्रीमति सवार गाडी प्रहरीले रोकेर केरकार गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार ०९:३७