२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सरकारलाई चोर भन्दै बालेनले दिए सिंहदरबारमा आगो लगाउने चेतावनी

१६ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले संघीय सरकारलाई चोर भन्दै सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन । शनिबार मध्यारातमा सामाजिक सञ्जलामा टिप्पणी लेख्दै प्रमुख शाहले यस्तो चेतावनी दिएका हुन ।

उनले महानगरपालिकाको कुनै पनि गाडी सरकराले रोके सिंहदरबामै आगो लगाइदिने भन्दै सरकारलाई चोर भनेका छन । उनले भनेका छन, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

काठमाडाैँ महानगरपालिकाको सवारीहरू सिंहदरबार प्रवेशमा रोकिएको हो वा सडकमा प्रहरीले रोकेको भन्ने केही खुलेको छैन तर बालेनको लेखाइ अनुसार महानगरको गाडीमा संघीय सरकारको कुनै निकायबाट अबरोध भएको अनुमानमात्र गर्न सकिन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार २२:०४