१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

१६ भदौ, दाङ ।   तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिनुभयो । तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १०:५५