१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

डिसेम्वर २ मा ओएनएफ एनएसडब्लुको अधिवेशन हुने

अष्ट्रेलिया प्रवासी नेपाली मञ्च(ओएनएफ) एनएसडब्लु राज्य समितिको अधिवेशन आगामी डिसेम्वर सिड्नीमा हुने भएको मञ्चको एनएसडब्लु अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा बसेको बैठकले  सापकोटाकै संयोजकत्वमा १९ सदस्यीय आयोजक समिति समेत गठन गरेको

जसको सह संयोजक सिताराम घिमिरे सचिवमा शिव पौडेल रहेका छन् भने सदस्यहरुमा दिवाकर काफ्ले, सरोज सुवेदी, सशांक बस्याल, रमेश अधिकारी, नविन खनाल, मोहन भण्डारी, अन्जन सोनी, हरि भण्डारी, अशोक उप्रेती, विशाल जितअधिकारी, आशिष बराल, ऋषिराम सापकोटा, शुशिल अर्याल, जनक पाण्डे रहेका छन् भने दुई सदस्य बैठकबाट थप गरिने संयोजक सापकोटाले बताए ।

संयोजक सापकोटाले अधिवेशनले विगत कामको समिक्षा गर्दै आगामी दुई बर्षका लागि कार्ययोजना निर्माण गर्ने कार्ययोजनाकार्यान्वयनका लागि नेतृत्व समेत चयन गर्ने बताए उनले निकट भविष्यमा समितिको बैठक बसेर अधिवेशन स्थल सहित अन्य कार्यक्रमसमेत सार्वजनिक गर्ने बताए

बैठक ओएनएफ अष्ट्रेलियाका आर्थिक विभाग प्रमुख दिपक पहारी, लगायत राष्ट्रिय समिति सदस्यहरुको विशेष उपस्थिति रहेको मञ्चले जनाएको

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १७:३९