१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भारतले खुलायो तीन देशका लागि चामल निर्यात, नेपाल परेन

१५ भदाै, काठमाडाैं । भारत सरकारले चामलको निर्यात केही खुकुलो गर्दै तीन देशका लागि लगाएको प्रतिबन्ध हटाएकाे छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तीन देशका लागि प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।

भारत सरकारले भुटान, सिंगापुर र अफ्रिकी मुलुक मरिससका लागि चामल निर्यात खुला गरेकाे हाे । नेपाल भने यसरी चामल निर्यात खुला गरिएको देशमा पर्न सकेन । निर्यात खुला गरिएका देशहरुमा चामलको परिणाम पनि तोकिएको छ ।

भुटानमा हाललाई ७९ हजार मेट्रिक टन, सिंगापुरका लागि ५० हजार मेट्रिक टन र मरिससका लागि १४ हजार मेट्रिक टन चामलको निर्यात खुलाइएको छ । भारतले गत जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो। केही दिनअघि उसिना चामलको निर्यातमा पनि २० प्रतिशत महसुल लगाउने निर्णय भारत सरकारले गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १२:०३