१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

आजदेखि तातोपानी नाका सर्वसाधारणका लागि खुला

१४ भदौ, सिन्धुपाल्चोक । शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए ।  उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ११:१९