६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

१५ भदाै, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले १ हजार २७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १०:५४