१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

काठमाडौं र ललितपुरका यी क्षेत्रमा शनिबार ८ घण्टा बत्ती जाने

१५ भदाै, काठमाडाैं ।  काठमाडौं र ललितपुर जिल्लाका केही क्षेत्रमा शनिबार साढे ८ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकारणले एक सूचना जारी गर्दै भोली शनिबार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् अवरूद्ध हुने जानकारी गराएको हो । रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा बत्ती जाने भएको हो ।

टेकु तथा के(थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्वीचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको बिजुली बन्द हुने भएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १०:४७