१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त (पत्रसहित)

३० फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका पराजुलीलाई न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका कारण पदमा नरहेको उल्लेख छ । पराजुलीले ३१ साउनमै ६५ वर्ष उमेर पुरा गरेको परिषद्ले जनाएको छ ।

परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । परिषद्को सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १७:१४