नेकपाका लागि नमुना बन्यो रसुवा, वडादेखि जिल्ला कमिटीसम्मको सम्पूर्ण एकता सकियो
१४ कात्तिक, रसुवा । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) रसुवाको तीनै तहका कमिटीका पदाधिकारीको नाम छनोट गरेको छ । नेकपाका पूर्व सांसद समेत रहेका सङ्गठन कमिटीको निर्माणको लागि गठन गरिएको कार्यदलका सदस्य जनार्दन ढकालका अनुसार वडा, गाउँपालिका र जिल्ला सङगठन कमिटीका पदाधिकारी छनोट गरिएको हो ।
जिल्ला सङगठन कमिटी १ सय ३५, गाउँपालिका सङ्गठन कमिटी ७५ र वडा सङ्गठन कमिटी २९ सदस्सीय निर्माण गरिएको पूर्व संसद ढकालले बताए । गाउँपालिका र वडा सङ्गठन कमिटीको पदाधिकारीको नामावली बुधबार जिल्ला कमिटीमा पेस गरिएको बताए । उनले तीनै तहका सङ्गठन कमिटीको पदाधिकारीको नाम फाइनल भइसकेको र प्रदेश र केन्द्रीय कमिटीले अनुमोदन गर्नमात्र बाँकी रहेको बताए ।
सदस्य चयनका लागि तत्कालीन नेकपा माओवादीको दुई जना र नेकपा एमालेका दुई जना गरी प्रत्येक गाउँपालिकामा चार/चार सदस्यीय कार्यदल गठन गरिएको ढकालले बताए । उनले जिल्ला कमिटीमा आएको नामावलीको अध्ययन गरेर अनुमोदनका लागि प्रदेश ३ को प्रदेश कमिटीमा सिफारिस गरिने बताए । योसँगै स्थानीय तहमा विना विवाद पार्टीको एकीकरण सम्पन्न गर्ने दोस्रो जिल्ला रसुवा बनेको छ । नेकपाको एकीकरणको लागि रसुवा नमुना जिल्ला बनेको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार २०:५७