१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

१४ भदाै, काठमाडाैं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन परेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले नामावली प्रकाशन गरेको हो।

आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा. डा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधि पौडेल, प्रा. डा. संगीतासिंह भण्डारी र प्रा. डा. सुमनकुमार श्रेष्ठको को आवेदन परेको छ।

अहिले उपाध्यक्षमा प्रा.डा श्रीकृष्ण गिरी रहेका छन्। उनले आफ्नो कार्यकाल दोहोर्‍याउन चाहेर आवेदन दिएका छन्। आवेदन दिएका ९ जनाको प्रस्तुतीकरण भदौ १७ गते र अन्तर्वाता १८ गते हुने सिफारिस समितिले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १५:१३