२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपालको चुच्चे नक्सा अस्वीकार गरेपछि बालेनले रद्द गरे चीन भ्रमण

१४ भाद्र, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पाँच दिने चीन भ्रमण रद्द गरेका छन । केही दिन अघि चीनको नक्सा सार्वजनिक गर्दा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतको क्षेत्र भारतीय नक्सामा पारेका कारणले बालेनले निर्धारित भ्रमण रद्द गरेका हुन ।

उनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएका छन । नेपालको चुच्ने नक्सा अस्वीकार गर्दै चीनले बुच्चे बनाइदिएका कारण आफू नैतिक रूपमा पनि चीन भ्रमणमा जान नमिल्ने अवस्था आएको प्रमुख शाहले बताएका छन । प्रमुख शाहले चीनले नेपाललाई नै नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपाली संवेदनशीलतामाथि चालेको गलत कदम भएको बताएका छन ।

बालेनले भनेका छन, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार १४:०४