८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

पाकिस्तानविरूद्ध नेपालको खराब सुरुवात, ३ विकेट गुमायो

१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले सुरुवात नै खराब गरेको छ ।नेपालले दोस्रो ओभरमा नै तीन विकेट गुमाएको हो ।

आसिफ शेख ५ रन बनाएर नसिम शाहको बलमा क्याच आट भए । यसअघि शाहिन शाह अफ्रिदीले दुई विकेट लिएका थिए । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए ।

यसअघि कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १९:५७